Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंको कार्यक्रमसँग एमालेले जुधाउनु गलत हुँदैछ : माधव नेपाल

दुर्गा प्रसाईंको कार्यक्रमसँग एमालेले जुधाउनु गलत हुँदैछ : माधव नेपाल

  • शनिवार, मंसिर २ २०८०

  • 1.2K
    SHARES

  • दुर्गा प्रसाईंको कार्यक्रमसँग एमालेले जुधाउनु गलत हुँदैछ : माधव नेपाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताउनुभएको छ ।

    पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले मङ्सिर ७ गते दुर्गा प्रसाईँसहितका व्यक्तिहरूले काठमाडौंमा वृहत् जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएकोतर्फ इङ्गित गर्दै भन्नुभयो, ‘व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य छैन ।’

    आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिहरूको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो ।

    उहाँले ०६२–६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालीन एमालेले नै जनताको शक्तिलाई गाउँ गाउँमा गएर परिचालन गरेको फलस्वरूप जनआन्दोलन सफल भएको दाबी गर्नुभयो । मङ्सिर ७ कै दिन एमालेले पनि आफ्नो युवा सङ्घमार्फत प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भएको बताउनुभएको छ। उक्त दिनको कार्यक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न बोलाएको जानकारी अध्यक्ष नेपालले दिनुभयो।

    भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको उहाँले प्रशंसा गर्नुभयो।

    चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति दिएको ५० लाख युआन सहयोगमा आफ्नो पार्टीको भूमिका रहेको उल्लेख गर्दै उक्त रकम हस्तान्तरणका क्रममा प्रमुख चार दलका नेतालाई बोलाएको जानकारी दिनुभयो ।


    शनिवार, मंसिर २ २०८००२:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij