Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हङकङसँग ९ विकेटले हार्‍यो नेपाल, फाइनलमा पुग्न असफल

हङकङसँग ९ विकेटले हार्‍यो नेपाल, फाइनलमा पुग्न असफल

  • बिहिवार, कार्तिक ३० २०८०

  • 776
    SHARES

  • हङकङसँग ९ विकेटले हार्‍यो नेपाल, फाइनलमा पुग्न असफल

    काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल सिरिजको फाइनल दौडबाट पाखा लाग्यो ।

    नेपाल यसअघि तान्जानीयासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ फाइनलमा पुगेको छ । नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका लागि हङकङसँग भिड्ने छ । फाइनलमा पुग्न असफल भएका नेपाल र जापान तेस्रो स्थानका लागि खेल्नेछन् ।

    नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै ५६ रनको कमजोर स्कोर खडा गरेको थियो । नेपालका लागि रुबिना क्षेत्रीले मात्रै हङकङका बलरहरुको प्रतिरोध गर्न सकिन् । उनले ३० बलमा २५ बनाएर आउट भइन् । अन्य कुने पनि ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    जवाफी ब्याटिङमा हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भयो । नेपालले एउटा विकेट पनि रनआउटबाट प्राप्त गरेको थियो ।


    बिहिवार, कार्तिक ३० २०८००४:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij