काठमाडौं । अनशनरत प्रा डा गोविन्द केसी र सरकारबीच अशनको २८औ दिनको मध्यरातमा ८ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डाक्टर केसीले सहमती भएपछि आइतबार (आज) बिहान साढे ९ बजे अनशन तोड्नुहुने भएको छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको होे । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
डा. केसी ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उहाँ त्रिवि शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ ।