Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एसीसी यू–१९ प्रिमियर कप : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

एसीसी यू–१९ प्रिमियर कप : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

  • बिहिवार, कार्तिक २ २०८०

  • 1.5K
    SHARES

  • एसीसी यू–१९ प्रिमियर कप : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

    योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।
    साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।

    यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।

    नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

    चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

    साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई÷दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक÷एक विकेट लिए ।


    बिहिवार, कार्तिक २ २०८००१:३१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij