Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज गरियो, अब ५ वर्षनै सत्ता चल्छ : प्रचण्ड

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज गरियो, अब ५ वर्षनै सत्ता चल्छ : प्रचण्ड

  • आइतवार, आश्विन २८ २०८०

  • 915
    SHARES

  • गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज गरियो, अब ५ वर्षनै सत्ता चल्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको दाबी गर्नुभएको छ ।

    चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गनुभयो ।

    उहाँले भन्नुभयो, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विक्षिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ । अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’

    फरक प्रसंगमा उहाँले भारत, अमेरिका र चीनसँगको सम्बन्ध मजबुत बनाउनु भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासलाई गति दिने प्रक्रिया भएको पनि बताउनुभयो ।


    आइतवार, आश्विन २८ २०८००२:१४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij