काठमाडौं । आज बिहान नेपालबाट भारतको नयाँ दिल्ली गएको नेपाल वायुसेवा निगमको जहाज बिग्रिएको छ ।
बिहान नेपालबाट सवा ८ मा दिल्ली गएको जहाज एयरपोर्टमा बिग्रेपछि नेपाल आउने यात्रु समस्यामा परेका छन् । जहाज मर्मतको काम भइरहेको भन्दै करिब आधा घन्टामा बनाएर उडानको तयारी भइरहेको नेवानीले जनाएको छ ।
उडान नम्बर आरए २०६ को जहाजमा समस्या आएपछि दिल्ली एयरपोर्टमा मर्मत भइरहेको छ । ३ पटकसम्म उडान क्यान्सिल गर्दै डिले भएपछि दुःख पाएको साथै एयरलाइन्सका कुनै कर्मचारीसाग सम्पर्क हुन नसकेको यात्रुको गुनासो छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहान १० बजे नेपाल आउनुपर्ने भएपनि जहाजमा प्राविधिक समस्या आएकोले उडान सारिएको बताउनुभयो ।