Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोकुल बाँस्कोटाले भने– म अनसन बस्छुँ...

गोकुल बाँस्कोटाले भने– म अनसन बस्छुँ...

  • मंगलवार, आश्विन १६ २०८०

  • 636
    SHARES

  • गोकुल बाँस्कोटाले भने– म अनसन बस्छुँ...

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले धुलिखेलदेखि खावासम्मको सडक निर्माणलाई तीव्रता नदिए अनसन बस्ने चेतावनी दिनुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले बनेको अरनिको राजमार्गको नाम बदलेर ‘सग्ला मान्छे काचाककुचुक अन्तराष्ट्रिय राजमार्ग’ भनेर राख्न भन्दै व्यंग्य गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले पनि बनेको अरनिको राजमार्गको नाम बदलोस् । र, सग्ला मान्छे काचाककुचुक अन्तर्राष्ट्रिय राजमार्ग भनेर बनाओस् । धुलिखेलदेखि खावासम्म ४ किलोमिटर बाटो बन्न यो सरकार बनेको कति अवधि भो । त्यो ठेकेरदार गौरी पार्वतीको म्याद सकिन तीन महिना बाँकी छ । पैसा लगेको छ । ४१२ जनाको हातखुट्टा भाँचियो । दसैँको मुखमा कतिको भाँच्ने हो । हस्पिटल खोल्छ कि निःशुल्क उपचार गर्छ यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् या म अनसन बस्नुपर्ने हो ?’


    मंगलवार, आश्विन १६ २०८००२:०२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij