Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्डियन प्रिमियर लिग : हैदराबादको जित

इन्डियन प्रिमियर लिग : हैदराबादको जित

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.3K
    SHARES

  • इन्डियन प्रिमियर लिग : हैदराबादको  जित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ ।

    दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

    पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११र ११ रन जोडे । हैदराबादका राशिद खानले ३ विकेट लिए ।

    यस्तै खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

    हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए ।

    यस्तै अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे बनाए ।पन्जाबका रबि बिश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।
    पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।


    शुक्रवार, आश्विन २३ २०७७०६:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij