Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रहरी पोशाक दुरुपयोग भएकोमा नेपाल प्रहरीको आपत्ति

प्रहरी पोशाक दुरुपयोग भएकोमा नेपाल प्रहरीको आपत्ति

  • बिहिवार, आश्विन २२ २०७७

  • 2.6K
    SHARES

  • प्रहरी पोशाक दुरुपयोग भएकोमा नेपाल प्रहरीको आपत्ति

    काठमाडौं । विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियो, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा आफ्ना पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ ।

    प्रधान कार्यालयले आज सूचना प्रकाशित गरी अनधिकृत रुपमा प्रहरीको पोसाक दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

    प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार प्रसार इकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाइ स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारीसमेत गराएको छ ।

    ‘स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुनसमेत जानकारी गराइएको छ’, विज्ञप्तिमा भनिएको छ ।


    बिहिवार, आश्विन २२ २०७७०४:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij