Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल–चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

नेपाल–चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

  • सोमवार, आश्विन ८ २०८०

  • 625
    SHARES

  • नेपाल–चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
    काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्ता सुरु हनुअघिको छोटो स्वागत मन्तव्यमा उहाँले सो धारणा राख्नुभएको हो ।
     
    प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको प्रधानमन्त्री छ्याङले बताउनुभयो ।
     
    उहाँले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभयो । 
     
    प्रधानमन्त्री छ्याङले नेपालको सदियौं पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभएको थियो । हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।
     


    सोमवार, आश्विन ८ २०८०१०:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij