Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

  • सोमवार, आश्विन ८ २०८०

  • 663
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता
    काठमाडौं । चीन भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता भएको छ। 
     
    बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा २ नेताबीच भेटवार्ता भएको हो। भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सरोकार र हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 
     
    प्रधानमन्त्री प्रचण्डले सोमबार(आज) नै आफ्ना चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। 


    सोमवार, आश्विन ८ २०८००८:४६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij