Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेम्वाङ अस्पताल पुग्दा नानी फुलिसकेको थियो...

नेम्वाङ अस्पताल पुग्दा नानी फुलिसकेको थियो...

  • मंगलवार, भाद्र २६ २०८०

  • 2.3K
    SHARES

  • नेम्वाङ अस्पताल पुग्दा नानी फुलिसकेको थियो...

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

    अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।

    अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।

    नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उहाँको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

    ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ’, उपचारमा सम्लग्न एक चिकित्सकले भने ।

    नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले निर्णय गरेको छ ।

    अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।

    Subas-nemwang-death.png


    मंगलवार, भाद्र २६ २०८००२:१९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij