Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

डा. हरिहरदेव पन्तको आठौं स्मृति दिवसका उद्यमी पुरस्कृत, ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक पनि विमोचन

डा. हरिहरदेव पन्तको आठौं स्मृति दिवसका उद्यमी पुरस्कृत, ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक पनि विमोचन

  • शनिवार, भाद्र २३ २०८०

  • 918
    SHARES

  • डा. हरिहरदेव पन्तको आठौं स्मृति दिवसका उद्यमी पुरस्कृत, ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक पनि विमोचन

    काठमाडौं । डा. हरिहरदेव पन्तको आठौं स्मृति दिवसका अवसरमा ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक विमोचन गरिएको छ । विहिबार आयोजना गरिएको आठौं स्मृति दिवस कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापा, नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेबहादुर थापा, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष हरिकृष्ण पन्त, निर्धन संस्थाका संचालक प्रा. डा. फत्तबहादुर के.सी.ले उत्कृष्ट लघुउद्यमीहरूको व्यवसायिक सफलताको संगालो ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक विमोचन गर्नुभयो ।

    संस्थाका संचालक प्रा.डा. के.सी.ले भन्नुभयो, ‘डा. पन्त आर्थिक दुरदर्शी भएकोले गरिबी निवारणमा मार्गदर्शन गर्नुभयो जसले गर्दा हामी यहाँ उपस्थित हुन पाएका छौँ । हामी सबै मिलेर वर्तमान चुनौतीहरू समाधान गरेर गलत क्रियाकलापलाई निरूत्साहीत गर्न सकेमा मात्रै डा.पन्त प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

    लघुवित्त संघ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले डा. पन्तले माईक्रो फाइनान्स क्षेत्रमा पु¥याएको योगदानलाई सधै सम्झनु पर्ने र पन्तले देखाएको बाटोमा हिड्नका लागि आफू सधै तयार रहेको बताउनु भयो ।

    सेजनका अध्यक्ष सुजन ओलीका अनुसार लघुवित्त सेवा प्रतिको डा. पन्तको लगाव लोभ लाग्दो थियो उहाँ लघुवित्तका मार्गदर्शक र पिताका रूपमा परिचित हुनुहुन्थ्यो । वित्तीय क्षेत्रमा उहाँले नेपाल राष्ट्र बैैंक र निर्धन उत्थानमा रहेर गर्नु भएको कार्यले गर्दा लघुवित्त सेवा क्षेत्रमा भएको विकास विस्तारमा उहाँले बाँचुन्जेल योगदान गर्नुभएको थियो ।

    कार्यक्रमका मुख्य अतिथि नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले उहाँसँग करिब १४ वर्ष अगाडी अनुगमनकै क्रममा भेट भएको स्मरण गर्दै लघुवित्त सेवा विपन्नमा जानुपर्छ, माथिल्लो वर्गमा जानुहुंदैन भन्ने पन्तको धारणा रहेको बताउनुभयो । लघुवित्त सेवाको नियामकमा राष्ट्र बैंक नै हुनुपर्छ दोस्रो संस्था बनाउनु हुंदैन भनेर उहाँले मान्यता राख्नु भएको स्मरण गर्दै नेपालले दुरदर्शीताको स्मरण गर्नुभयो ।

    कार्यक्रमका मुख्य अतिथि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पन्त मौद्रिक अर्थशास्त्री रहेको बताउनुभयो । संस्थाले गरेका हरेक कार्य नमूनाको रूपमा रहेको भन्दै डा. हरिहदेव पन्त स्मृति ग्रन्थको समीक्षा गर्नुभयो ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर थापाले लघुवित्तको क्षेत्रमा डा. पन्तको भूमिका अतुलनीय रहेको बताउनुभयो । पन्तलाई सच्चा श्रद्धाञ्जली दिने हो भने उहाँले लिएको बाटोमा हिड्नु पर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दन देव पन्तले कार्यक्रममा उपस्थित सबैलाई स्वागत तथा धन्यबाद व्यक्त गर्नुृभएको थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हरिकृष्ण पन्तले कार्यक्रमको अध्यक्षता तथा समापन गर्नु भएको थियो ।

    लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरूको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्र्तगत प्रदेशस्तरमा उत्कृष्ट लघुउद्यमीलाई “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०८०” प्रदान गरिएको थियो ।

    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघु उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्य गर्ने कोशी प्रदेशकी उत्कृष्ट लघुउद्यमी विष्णु दर्जीलाई यस वर्षको डा.हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रू.५०,०००।– सहित सम्मान पत्र कुम्मायक गाउँपालिका उप प्रमुख महेन्द्र बहादुर खड्काले प्रदान गर्नु भएको थियो ।

    2.PNG

    पाँचथर जिल्ला, यासोककी विष्णु दर्जीले टेलरीङ्ग तथा बंगुर पालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँले ३ जनालाई रोजगारी दिदै मासिक रू.६० हजार आम्दानी गर्नुहुन्छ । व्यवसायको आम्दानीबाट उहाँले छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै १ वटा घडेरी किनी त्यसैमा घर समेत बनाउन सफल हुनुभएको छ ।


    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मधेश प्रदेशकी उत्कृष्ट लघुउद्यमी रामवती देवी साहलाई यसवर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रू. ५०,०००।– सहित सम्मान पत्र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदान गर्नु भएको थियो ।

    3.PNG

    रामवतीले अल्मुनियम, स्टिल एण्ड ग्लास हाउस तथा किराना पसल संचालन गर्दै आउनु भएको छ । उहाँ आफू स्वरोजगार हुनुका साथै परिवारका सदस्यहरू मिली व्यवसाय संचालन गर्दै मासिक रू.६५ हजार आम्दानी गर्नु हुन्छ ।


    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने बागमती प्रदेशकी उत्कृष्ट लघुउद्यमी प्रमिला तामाङ्गलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रू.५०,०००।– सहित सम्मान पत्र डा. हरिहरदेव पन्त स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री गणेश बहादुर थापाले प्रदान गर्नु भएको थियो ।

    4.PNG

    प्रमिलाले काउले होटल एण्ड लज तथा होम डेकोरेसन पसल संचालन गर्दै आउनु भएको छ । उहाँ आफू स्वरोजगार हुनुका साथै परिवारका सदस्यहरू मिली व्यवसाय संचालन गर्दै मासिक रु. ४० हजार आम्दानी गर्दै आउनु भएको छ । व्यवसायको आम्दानीबाट उहाँले ४ आना जग्गा र ८ कोठाको २ तल्ले पक्की घर समेत निर्माण गर्न सफल हुनु भएको छ ।

    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने गण्डकी प्रदेशकी उत्कृष्ट लघुउद्यमी भुवन सिरी गुरूङ्गलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रु.५०,०००।– सहित सम्मान पत्र गण्डकी प्रदेशका प्रदेश सभासद श्री श्यामराजा महत र सुक्लागण्डकी ४ का वडा अध्यक्ष राजकुमार वाग्लले सयुक्तरूपमा प्रदान गर्नु भएको थियो ।

    5.PNG

    भुवन सिरीले दुलेगौडा तनहुँमा भैंसीपालन फार्म दर्ता गरी भैंसीपालन, दुध व्यापार तथा कफी शप संचालन गर्दै आउनुभएको छ । उहाँले आफ्नो भैंसीपालन फर्मबाट उत्पादित दुध मात्र नभई अन्य ठाँउबाट समेत दुध संकलन गरी बिक्री गर्ने गरेको निजले ७ जनालाई नियमित रोजगारी दिंदै मासिक रु. १ लाख आम्दानी गर्नु हुन्छ ।

    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लुम्बिनी प्रदेशकी उत्कृष्ट लघुउद्यमी सुनकेसरी चौधरीलाई यसवर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रू.५०,०००।– सहित सम्मान पत्र देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल र वडा नं. ३ का वडा अधक्ष्य श्री यज्ञ प्रसाद अर्यालले सयुक्त रूपमा प्रदान गर्नु भएको थियो ।

    6.PNG

    सुनकेसरीले रूपन्देही जिल्ला सितलनगरमा फर्निचर व्यवसाय तथा गाई/भैंसी पालन गर्दै आउनु भएको छ । उहाँले स्थानिय ८ जनालाई रोजगारी दिंदै मासिक रु. २ लाख आम्दानी गर्नुहुन्छ । व्यवसायको आम्दानीबाट उहाँले छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै १ कट्ठा जग्गा खरीद गर्नु भएको छ ।

    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्णाली प्रदेशकी उत्कृष्ट लघुउद्यमी तारा नेपालीलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रू.५०,०००।– सहित सम्मान पत्र कर्णाली प्रदेश प्रदेश सभासद माननीय लक्ष्मी सुनारले प्रदान गर्नु भएको थियो ।

    7.PNG

    ताराले सल्यान जिल्ला, सल्लीबजारमा किराना पसल संचालन गर्नुका साथै ट्र्याक्टर खरीद गरी जडीबुटी तथा माल सामान ढुवानी गर्ने व्यवसाय गर्दै आउनुभएको छ । उहाँ आफू स्वरोजगार हुनुका साथै परिवारका सदस्यहरू मिली व्यवसाय संचालन गरी मासिक रू. १ लाख ५० हजार आम्दानी गर्दै आउनु भएको छ ।

    डा. हरिहरदेव पन्तको आठौं वाषिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सूदुरपश्चिम प्रदेशकी उत्कृष्ट लघुउद्यमी टिकादेवी देउवालाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद रू.५०,०००।– सहित सम्मान पत्र कृष्णापुर नगरपालिका उप प्रमुख द्रौपति रानाले प्रदान गर्नु भएको थियो ।

    8.PNG

    टिकादेवीले अत्तरीया, कैलालीमा पोल्ट्री फर्म, गाई, भैंसी, बाख्रा, बंगुर र लेयर्स कुखुरा पालन गर्नुका साथै केरा खेती व्यवसाय समेत गर्दै आउनु भएको छ । उहाँले स्थानीय ३ जनालाई पूर्ण र ५ जनालाई आंशिक रूपमा रोजगारी दिँदै मासिक रू. १ लाख आम्दानी गर्नुहुन्छ । व्यवसायको आम्दानीबाट उहाँले १ छोरालाई सब इन्जिनियरिङ्ग र २ छोरीलाई काठमाडौंमा उच्चशिक्षा पढाउदै, १ कठ्ठा घडेरी खरीद गरी १ तल्ले पक्की घर समेत बनाउन सफल हुनुभएको छ ।

    आर्थिक क्षेत्रमा योगदान पु¥याउन विद्यार्थीको मनोवल वृद्धि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र सन २०१८–२०२० मा सर्वप्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोहन व्यञ्जनकारलाई नगद रू.५०,०००।– (अक्षरेपी पचास हजार) सहित सम्मान–पत्र निर्धन संस्थाका संचालक प्रा.डा. फत्त बहादुर के.सी.ले प्रदान गर्नु भएको थियो ।

    9.PNG
    लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउण्डेसनले स्थापना गरी हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष कान्तिपुर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरूप नगद रू. ५०,०००।– सहित सम्मान–पत्र डा. हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले प्रदान गर्नु भएको थियो ।

    10.PNG


    शनिवार, भाद्र २३ २०८००६:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij