Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

  • सोमवार, भाद्र १८ २०८०

  • 1.2K
    SHARES

  • एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

    काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् ।

    एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

    भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।

    कुशल भुर्तेल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडी समेत बनेका छन् ।

    यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । रोहितले ५३ खेलमा १ हजार ४६९ रन बनाएका छन् ।


    सोमवार, भाद्र १८ २०८००३:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij