काठमाडौं । सोमबारका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । अर्जुननरसिंह केसी, गगन थापालगायत केही केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबारका लागि तय बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आइतबारदेखि पाँच दिन (२२ असोजसम्म) का लागि केन्द्रीय कार्यालय सिल गरिएको छ ।
२४ गतेलाई बैठक तय गर्नेबारे छलफल भए पनि निर्णय भने भइनसकेको उहाँको भनाइ छ ।
नेताहरूमा कोरोनामा देखिएपछि आजका लागि तय कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक पनि स्थगित गरिएको छ ।