Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै, सरकारले आजबाट थाल्यो अभियान(खासखबर)

अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै, सरकारले आजबाट थाल्यो अभियान(खासखबर)

  • बुधवार, श्रावण ३१ २०८०

  • 327
    SHARES

  • अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै, सरकारले आजबाट थाल्यो अभियान(खासखबर)

    काठमाडौं। सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको जीवनमा थप सहजता ल्याउन यो कार्यक्रमको शुभारम्भ गरेको हो ।

    अनौपचारिक क्षेत्र भन्नाले कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिक पर्दछन्। पाखुरा चलुञ्जेल काम गर्ने, गलेपछि रित्तो हात फर्किने प्रणालीलाई हटाउन स्वरोजगार नागरिकलाई सुरक्षा कोषमा आकर्षित गरिएको हो।

    कार्यक्रमको शुभारम्भमा बोल्दै नेपाल चेम्बर अफ् कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यो कोषलाई चलायमान बनाउन पूर्वाधार निर्माण र ऋणमा परिचालन गर्नुपर्ने बताउनुभयो । कोषमा लगानी गरेका श्रमिकहरुको हीतका पक्षमा हुनेगरी परिचालन गरिनुपर्नेमा उहाँको जोड थियो ।

    अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

    वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण आज औपचारिक घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले पहिलो चरणमा कोषकै कार्यरत करार कर्मचारीहरुबाट अभियान शुरु गरिएको र बिस्तारै सबै क्षेत्रलाई समेटिने बताउनुभयो ।

    कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रू’ भएको जिकिर गर्नुभयो ।

    कार्यक्रमबारे बोल्दाबोल्दै प्रधानमन्त्री एकाएक भाबुक बन्नुभएको थियो । जीवनभर हात पाखुरा खियाउने अनि अन्तिममा रित्तो हात घर फर्किनुपर्ने बाध्यता छ । समाजवाद उन्मुख व्यवस्थामा यो हुन सक्दैन’ प्रधानमन्त्रीको भनाइ थियो ।

    सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा प्रचण्डले खुसी व्यक्त गर्नुभयो । नेपालको इतिहासमा निजी क्षेत्रमा काम गर्ने त्यसमा पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई आर्थिक सुरक्षाको प्रत्याभूति गर्ने कार्य सहारनीय छ । कामको सुुरुवात भन्दा पनि कार्यान्वयनको पाटो उपलब्धिमूलक हुन आवश्यक छ ।


    बुधवार, श्रावण ३१ २०८००८:२०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij