Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विभूषण लिलामीमा राखेको भन्दै महावीर पुनलाई गृहले सोध्यो स्पष्टीकरण

विभूषण लिलामीमा राखेको भन्दै महावीर पुनलाई गृहले सोध्यो स्पष्टीकरण

  • मंगलवार, श्रावण २३ २०८०

  • 908
    SHARES

  • विभूषण लिलामीमा राखेको भन्दै महावीर पुनलाई गृहले सोध्यो स्पष्टीकरण
    काठमाडौं । ​राज्यको तर्फबाट प्रदान गरिएको मानपदवी लिलामीमा राखिएको भन्ने विषय सामाजिक सञ्जालमा देखिएपछि गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई स्पष्टीकरण सोधेको छ । 
     
    राज्यले प्रदान गरेको उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्य समेत उल्लेख गरी लिलामीमा राखिएको भनी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएपछि पुनलाई स्पष्टीकरण सोधिएको हो ।​​
     
    विभूषण ऐन, २०६४ को दफा २६ ९१० बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्ने प्रावधान छ ।​
     
    कानून बमोजिम कुनै विभूषण रद्द गरिएमा विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्ने कानूनी व्यवस्था छ । 
     
    ‘यस्तो कानूनी प्रावधान विपरीत यहाँ जस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यस प्रकारको गैर कानूनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त छ । अतः यहाँलाई उद्धृत गरी सम्प्रेषण गरिएको उक्त पोष्टको आधिकारिकता पत्ता लगाउन तपाईँको समेत सहयोग अपेक्षित छ,’ स्पष्टीकरणमा उल्लेख छ ।
     
    mahabir_pun_notice_mPNfplvB31.jpg


    मंगलवार, श्रावण २३ २०८००४:०७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij