Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको तेस्रो साता हुन्छ: परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको तेस्रो साता हुन्छ: परराष्ट्रमन्त्री

  • आइतवार, श्रावण २१ २०८०

  • 520
    SHARES

  • प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको तेस्रो साता हुन्छ: परराष्ट्रमन्त्री
    काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताउनुभएको छ। प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको उहाँको भनाइ छ । 
     
    उहाँले छिमेकी देशहरूका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युरोपियन युनियनहरूसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताउनुभयो । 
     
    आइतबार(आज) कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताउनुभयो। 
     
    परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । उहाँले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताउनुभयो । 
     
    उहाँले सरकारले बायोमेट्रिक लगायतका कामहरू सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताउनुभयो । उहाँले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको बताउनुभयो । 


    आइतवार, श्रावण २१ २०८००२:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij