Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विप्लवको नाम नलिइ प्रधानमन्त्रीले भने, ‘आउनुहोस् सरकार वार्तामा बस्न तयार छ’

विप्लवको नाम नलिइ प्रधानमन्त्रीले भने, ‘आउनुहोस् सरकार वार्तामा बस्न तयार छ’

  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.1K
    SHARES

  • विप्लवको नाम नलिइ प्रधानमन्त्रीले भने, ‘आउनुहोस् सरकार वार्तामा बस्न तयार छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत उहाँले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताउनुुभयो ।

    भूमिगत समूह नेत्रविक्रम चन्द ‘विप्लव’ समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताउनुुभएको हो । आज मानवअधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गर्नुुभयो ।

    आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै उहाँले केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराउनुुभयो ।


    शुक्रवार, आश्विन १६ २०७७०७:०६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij