Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने

माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने

  • सोमवार, श्रावण १५ २०८०

  • 794
    SHARES

  • माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने
    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको सचिव दिननाथ शर्माले जानकारी दिनुभयो ।
     
    यसअघि साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । माओवादी सचिव शर्माले पार्टी लोकतान्त्रिक पद्धतिअनुसार चलाइनेसमेत बताउनुभयो ।
     
    यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने सचिव शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग हो । पहिले समूहमा छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइनेछ ।’
     
    त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताउनुभयो । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि उहाँले बताउनुभयो ।
     
    यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ । माओवादी केन्द्रीय समितिको बैठक यही साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बस्दै छ ।
     


    सोमवार, श्रावण १५ २०८०११:२४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij