Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, सांसद रायमाझीको पद निलम्बनको जानकारी गराइने

प्रतिनिधिसभा बैठक बस्दै, सांसद रायमाझीको पद निलम्बनको जानकारी गराइने

  • सोमवार, श्रावण १५ २०८०

  • 729
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, सांसद रायमाझीको पद निलम्बनको जानकारी गराइने
    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार(आज) बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनुहुने छ ।
     
    यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची रहेको छ । 
     
    साथै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
     
    यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । 
     


    सोमवार, श्रावण १५ २०८००७:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij