Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्धको अभियानमा सरकार निडरताका साथ हिँडेको प्रधानमन्त्रीको प्रस्टोक्ति, एमाले छैन सन्तुष्ट, कांग्रेसपनि आक्रामक (खास खबर)

भ्रष्टाचारविरुद्धको अभियानमा सरकार निडरताका साथ हिँडेको प्रधानमन्त्रीको प्रस्टोक्ति, एमाले छैन सन्तुष्ट, कांग्रेसपनि आक्रामक (खास खबर)

  • आइतवार, श्रावण १४ २०८०

  • 494
    SHARES

  • भ्रष्टाचारविरुद्धको अभियानमा सरकार निडरताका साथ हिँडेको प्रधानमन्त्रीको प्रस्टोक्ति, एमाले छैन सन्तुष्ट, कांग्रेसपनि आक्रामक (खास खबर)
    काठमाडौं । भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियानलाई शंकाको रुपमा हेर्न थालिएका बेला यो ब्याटल जितेरै छोड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अड्डी लिनुभएको छ । मुलुकमा हरेक समय भएका भ्रष्टाचार काण्डहरूको निरूपण गरेरै छोड्ने उहाँको प्रतिबद्धता रहेको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रचण्डले ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने बताउनुभएको छ । भ्रष्टाचार विरोधी, राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने बेथितिविरुद्ध र तस्करीका विरुद्धका प्रयास छेडिएको प्रचण्डको दाबी छ । राष्ट्रको एकता र समाजवाद निर्माणको लागि यो लडाई जित्नैपर्ने उहाँको तर्क छ । 
     
    नक्कली भुटानी शरणार्थी प्रकरणबाट शुरु गरिएको भ्रष्टाचारविरुद्धको अभियानपछि धेरै काण्डहरू बाहिरिएका छन् । ‘लहरो तान्दा पहरो’ भएको आक्षेप खेपिरहेका बेला सरकारलाई यो चुनौती पार गर्न कठिन देखिन्छ । भ्रष्टाचार, बेथिति, अनियमिततामा आफ्नै वरिपरिका मानिसहरूतिर सुई घुमिरहेको अवस्थामा सरकार थप दबाबमा परेको आंकलन गर्न थालिएको छ । कांग्रेसले केन्द्रीय सदस्यबाट बालकृष्ण खाँणलाई निलम्बन गर्न नसक्नु र नाम पोलिएका व्यक्तिहरू सोधपुछको दायरामा पनि नआउनु यसका ज्वलन्त उदाहरण हुन् । प्रधानमन्त्री प्रचण्डले भने भ्रष्टाचारविरुद्धको अभियानमा सरकार लागेकाले समाजवादी मोर्चामा फाटो ल्याउन र सरकार ढाल्ने प्रपञ्च रचिएको आरोप लगाउनुभयो । 
     
    नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार भ्रष्टाचारविरुद्ध लागिरहेका बेला विमानस्थलबाट सयौँ क्विन्टल सुन भित्रिनु रहस्यमय भएको बताउनुभयो । विमानस्थलबाट कसैले थाहा नपाउने गरी सुन भित्रिनु संवेदनशील भएको बताउँदै उहाँले जुनसुकै हालतमा छानबिन हुनुपर्ने जिकिर गर्नुभयो । सरकारकै संरक्षणमा यी गतिविधि भइरहेको तर्फ इंगित गर्दै पौडेलले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने दिन आउन सक्ने दाबी गर्नुभयो । 
     
    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारले भ्रष्टाचारविरुद्धको अभियानका नाममा स्टण्टबाजी गरिरहेको आरोप लगाएको छ । एमाले सांसद ठाकुर गैरेले सरकारको संरक्षणले सुन भित्रिएको दाबी गर्नुभयो । तस्करलाई संरक्षण गर्दै अकुत सम्पत्ति कमाउन सरकारका पदाधिकारीहरू लागेको उहाँको आरोप छ । 
     
    भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनु राज्यलाई समृद्धको दिशामा उन्मुख गराउनु हो तर, त्यसको कार्यान्वयनका लागि के कस्ता प्रयास भइरहेका छन्, गतिविधि कस्ता छन् त्यो प्रधान विषय हो । पछिल्लो समय सरकारका गतिविधि हेर्दा र बढ्दो तस्करीले शंका गर्ने धेरै पाटाहरू जन्माएको छ । सरकारले आफू साँच्चै भ्रष्टाचार विरोधी अभियानमा लागेको प्रमाणित गर्न निकै सकस देखिन्छ । 
     


    आइतवार, श्रावण १४ २०८००८:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij