Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोशी सरकारको वैधानिकतामाथिको रिट हेर्दाहेर्दैमा

कोशी सरकारको वैधानिकतामाथिको रिट हेर्दाहेर्दैमा

  • मंगलवार, श्रावण ९ २०८०

  • 464
    SHARES

  • कोशी सरकारको वैधानिकतामाथिको रिट हेर्दाहेर्दैमा

    काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतामाथि परेको रिटमााथि सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबार सुनुवाइ सुरु भएको छ।​

    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो। मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो। यस मुद्दामा बुधबार सुनुवाई अघि बढ्नेछ।

    यसअघि सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन कानुनी रुपले जटिल प्रकारको भएको भन्दै पूर्ण इजलासमा पठाउन र मंगलबार पेसी तोक्ने आदेश गरेको थियो । गत असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

    त्यसपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।


    मंगलवार, श्रावण ९ २०८००५:२१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij