Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धन तोड्ने अनेक षडयन्त्र भईरहेको छ : माधव नेपाल

गठबन्धन तोड्ने अनेक षडयन्त्र भईरहेको छ : माधव नेपाल

  • शनिवार, श्रावण ६ २०८०

  • 517
    SHARES

  • गठबन्धन तोड्ने अनेक षडयन्त्र भईरहेको छ : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ।

    अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गर्नुभएको हो।

    शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र सङ्घर्ष’ विषयक कार्यक्रममा बोल्दै उहाँले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत जिकिर गर्नुभयो।

    अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले पुँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गर्नुभयो। त्यस अवसरमा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई अध्ययनशील बन्न पनि सचेत गराउनुभएको थियो ।


    शनिवार, श्रावण ६ २०८००४:१९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij