Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार प्रदान

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार प्रदान

  • मंगलवार, श्रावण २ २०८०

  • 394
    SHARES

  • राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार प्रदान
    काठमाडौं । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।
     
    राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको मंगलबार(आज) बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो । 
     
    प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्म जयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिनुभयो ।
     
    उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।


    मंगलवार, श्रावण २ २०८००७:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij