काठमाडौं । सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा सोमबार(आज) उपस्थित गराइँदै छ । सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
हिजो अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न नभ्याइएपछि सर्वोच्च अदालतले आज अदालतमा पेश गर्न आदेश दिए अनुसार उनीहरू उपस्थित हुन लागेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हिजो हेर्न नभ्याइएपछि सर्वोच्चले आजको पेशी दिएर इजलासमा पेश गर्न आदेश दिएको हो ।