Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

पत्रकारहरुले बिहीबारदेखि निर्णायक आन्दोलन थाल्ने

पत्रकारहरुले बिहीबारदेखि निर्णायक आन्दोलन थाल्ने

  • बुधवार, आश्विन १४ २०७७

  • 1.2K
    SHARES

  • पत्रकारहरुले बिहीबारदेखि निर्णायक आन्दोलन थाल्ने

    काठमाडौं । जागिर गुमाएर र तलब नपाएका विभिन्न सञ्चारमाध्यमका श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले बिहीबारदेखि चरणबद्ध निर्णायक संघर्ष गर्ने घोषणा गरेका छन् । संघर्षका कार्यक्रमअन्तर्गत कार्यालय घेराउ, रिले अनशन तथा विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिले जनाएको छ ।

    कोरोना भाइरस महामारीको निहुँ पारेर केही सञ्चारमाध्यमले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने, बेतलबी विदा दिने तथा तलब नै नदिने जस्ता अन्याय र शोषण गरेको भन्दै उनीहरु आन्दोलनमा लागिरेहका छन् । त्यसका लागि उनीहरुले संघर्ष समितिसमेत बनाएका छन् ।

    श्रमजीवीहरुले कानुनअनुरूप उठाएका मुद्धा र राखेका माग शत्प्रतिशत सम्बोधन नभएसम्म आन्दोलन नरोकिने समितिका संयोजक धर्मेन्द्र कर्णले बताउनुभयो ।

    ‘साथै, मिडिया हाउसमा अन्याय एवं श्रमशोषणमा परेका सम्पूर्ण श्रमजीवीलाई सम्पर्कमा आउन र आन्दोलनमा सहभागी हुनसमेत आग्रह गर्दछु’, उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    patrakar.jpg


    बुधवार, आश्विन १४ २०७७०४:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij