Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले दिएको भावनात्मक अभिव्यक्तिलाई अपव्याख्या गरियो : सचिवालय

प्रचण्डले दिएको भावनात्मक अभिव्यक्तिलाई अपव्याख्या गरियो : सचिवालय

  • बिहिवार, आषाढ २१ २०८०

  • 860
    SHARES

  • प्रचण्डले दिएको भावनात्मक अभिव्यक्तिलाई अपव्याख्या गरियो : सचिवालय

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले प्रीतम सिंहबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रीतम सिंहको भेटघाट र चिनजान भएको पनि प्रस्ट पारेका छन् ।

    ‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट सङ्क्रमित भएपछि ०६७–६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।’

    नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्ने गरेको पनि जनाएको छ । सोही सन्दर्भ गत असार १८ गते पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसङ्गवश उल्लेख गरेको सचिवालयले प्रस्ट पारेको छ ।

     


    बिहिवार, आषाढ २१ २०८००२:०३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij