Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपा संसदीय दलको बैठकमा पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा बजेटको पक्षमा मतदान गर्न आग्रह

जसपा संसदीय दलको बैठकमा पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा बजेटको पक्षमा मतदान गर्न आग्रह

  • बुधवार, आषाढ १३ २०८०

  • 718
    SHARES

  • जसपा संसदीय दलको बैठकमा पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा बजेटको पक्षमा मतदान गर्न आग्रह

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू बजेटको विपक्षमा उभिने तयारी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल जसपाको संसदीय दलको बैठकमै उपस्थित भएर सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

    जसपाका १२ सांसदमध्ये ७ जना सांसदले विपक्षमा मतदान गर्ने अडान राखेपछि बुधबार संसद भवनस्थित शंकर हलमा बसेको जसपा संसदीय दलको बैठकमै प्रधानमन्त्री दाहाल पुगेर बजेट पास गराउन सहयोग माग्नुभएको हो। यस क्रममा प्रधानमन्त्री दाहालले जसपाका सांसदहरूलाई उनीहरूले भनेबमोजिम बजेट विनियोजन गरिदिने आश्वासनसमेत दिनुभएको थियो ।

    जसपाका सांसदहरूले अध्यक्ष उपेन्द्र यादवको आग्रह अस्वीकार गर्दै आएपछि अन्ततः अध्यक्ष यादवको आग्रहमा प्रधानमन्त्री दाहाल नै बैठकमा गएर आश्वासन दिनुपरेको थियो ।

    दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरिरहँदा जसपाका सांसदहरू भने दुई पक्षमा विभाजित भएका थिए ।


    बुधवार, आषाढ १३ २०८००३:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij