काठमाडौं ।प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताउनु भएको छ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो।
माओवादी केन्द्रका सचिवसमेत रहनुभएका पौडेलले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको बताउनुभयो।
उहाँले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताउनुभयो।