काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्नुभएको छ। साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उहाँको दाबी छ ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्नुभयो। ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उहाँले दाबी गर्नुभयो।
साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उहाँले भन्नुभयो, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’