Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसदीय सुनुवाइ समितिले गरेको छलफल भाँडियो

संसदीय सुनुवाइ समितिले गरेको छलफल भाँडियो

  • बुधवार, जेठ ३१ २०८०

  • 1.2K
    SHARES

  • संसदीय सुनुवाइ समितिले गरेको छलफल भाँडियो

    काठमाडौं । प्रधानन्यायाधीमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ समितिले गरेको छलफल टुंगोमा नपुगेर भाँडिएको छ ।

    बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् ।

    ुहामीले संसदीय सुनुवाइ समिति नै अवैध छ भनेर सर्वोच्चमा उजुरी दिएका थियौं । तर सर्वोच्चले नवौं दिनमा आएर दरपिठ गरिदियो, उजुरीकर्तामध्येका एक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बताउनुभयो।

    समितिले छलफलका लागि आह्वान गर्दा उजुरीकर्ताहरूले भने आफूहरूलाई सामूहिक रुपमा बोल्न दिनुपर्ने भन्दै आपत्ति जनाएका थिए । अहिले उनीहरूसँग समितिका सचिव पद्मप्रसाद पाण्डेले समन्वय गरिरहनुभएको छ।

    सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।

     


    बुधवार, जेठ ३१ २०८००२:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij