Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि आउने

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि आउने

  • मंगलवार, जेठ ३० २०८०

  • 892
    SHARES

  • कोशी सरकारको  नीति तथा कार्यक्रम भोलि आउने

    काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

    उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निणर्य पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

    मन्त्रिपरिषदले प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूणर् तयारी पूरा गर्न प्रदेशसभालाई निर्देशनसमेत दिएको छ ।

    कोशीमा नेकपा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएको छ । त्यसैले हिक्मत कार्की नेतृत्वको सरकार हाल अल्पमतमा छ ।


    मंगलवार, जेठ ३० २०८००७:४३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij