काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो।
पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधनको क्रममा उहाँले भारत भ्रमणको बारेमा छलफल गर्नका लागि अब केही बेरमै बैठक बस्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमण जाँदै हुनुहुन्छ ।