Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्डसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने

  • सोमवार, जेठ १५ २०८०

  • 488
    SHARES

  • प्रधानमन्त्री प्रचण्डसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जानुहुने भएको छ । सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लागेको हो । 
     
    मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने जानकारी दिनुभयो। प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
     


    सोमवार, जेठ १५ २०८००५:२५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij