काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्नुभएको हो ।
तत्काल एक मन्त्रालयसहित आफूहरू सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिनुहुने छ । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित हुनुभएको हो ।
यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।