Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घरको होस् कि बार्दलीको सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

घरको होस् कि बार्दलीको सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

  • बुधवार, जेठ १० २०८०

  • 453
    SHARES

  • घरको होस् कि बार्दलीको सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण टुंगोमा पुर्‍याउनुपर्ने बताउनु भएको छ । यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनारिकले हेरिरहेको उहाँले बताउनुभयो।

    प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले भन्नुभयो, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’

    उहाँले चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने बताउनुभयो। ‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ थापाको भनाई छ ।


    बुधवार, जेठ १० २०८०१२:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij