Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पत्रकार अजयबाबु शिवाकोटीलाई पाँच लाख रुपैयाको पुरस्कार दिइने

पत्रकार अजयबाबु शिवाकोटीलाई पाँच लाख रुपैयाको पुरस्कार दिइने

  • शुक्रवार, आश्विन ९ २०७७

  • 2.3K
    SHARES

  • पत्रकार अजयबाबु शिवाकोटीलाई पाँच लाख रुपैयाको पुरस्कार दिइने

    काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट चर्चित पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ ।

    सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भएको रोटरीले जनाएको छ ।

    सो पुरस्कार महारा काण्ड, बास्कोटा काण्डलगायतका दर्जनौ प्रभावशाली समाचार लेखेर चर्चामा रहनुभएका हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको हो ।

    स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उहाँहरुलाई प्रोत्साहन गर्न यस बर्षको अवार्ड प्रदान गरिने भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिनुभयो ।

    यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।
    रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्षसुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा अवार्डको स्थापना गर्नु भएको हो ।

    त्यसैगरी ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जनालाई छनौट गरिएको छ । यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी कैलाली रहेका छन् ।

    त्यसैगरी विभिन्न ५ विधामा निरन्तर कलम चलाएका मध्ये आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा) काठमाडौं र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौंलाई पनि जनही २५ हजार रुपैयासहितको पुरस्कार प्रदान गरिने भएको छ ।

     

     


    शुक्रवार, आश्विन ९ २०७७०८:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij