Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाले गठन गर्यो ३६ विभाग, कसलाई कुन जिम्मेवारी ?

रास्वपाले गठन गर्यो ३६ विभाग, कसलाई कुन जिम्मेवारी ?

  • सोमवार, बैशाख १८ २०८०

  • 831
    SHARES

  • रास्वपाले गठन गर्यो ३६ विभाग, कसलाई कुन जिम्मेवारी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ विभागहरु गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

    जसअनुसार नीति तथा विभाग विभागको प्रमुखमा डा मुकुल ढकाल चयन हुनुभएको छ। यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन हुनुभएको छ। संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन हुनुभएको छ ।

    यसैगरी मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभाग रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संशोधन विभाग खुस्बुसरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग निमा अधिकारी, गुनासो व्यवस्थापन विभाग डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाडे, अथ्यांक अनुसन्धान विभाग मनिष झा चयन हुनुभएको छ।

    विभाग र प्रमुखहरुको सूची हेर्नुहोस्ः

    1.PNG

    2.PNG

     


    सोमवार, बैशाख १८ २०८००२:५७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij