Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महावीरको आन्दोलनमा सरकार लचिलो (खास खबर)

महावीरको आन्दोलनमा सरकार लचिलो (खास खबर)

  • आइतवार, बैशाख १७ २०८०

  • 370
    SHARES

  • महावीरको आन्दोलनमा सरकार लचिलो (खास खबर)
    काठमाडौं । तीन दिनदेखि चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सञ्चालक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ । आज भएको छलफलमा पुनले राखेका मागका विषयमा सरकारले गम्भीर बन्ने संकेत गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पुनले आविष्कार, नवप्रवर्द्धन र खोजका लागि अघि सारेका विषय सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । माइतीघरमण्डलाको सडकमै अनिश्चितकालीन धर्ना बसेका पुनले आविष्कारको क्षेत्रमा राज्यले ठुलो लगानी खर्च गर्नुपर्ने बताउँदै आउनुभएको छ । विकास बजेटको एक प्रतिशत रकम आविष्कार र खोजको क्षेत्रमा लगाउनुपर्ने उहाँको भनाइ छ । 
     
    बढ्दो प्रविधि र आधुनिकतासँगै विश्वले विज्ञानको क्षेत्रमा फड्को मारिरहेका बेला यहाँको सरकार र राजनीतिक दलहरूले आविष्कारको क्षेत्रमा काम गर्न नसकेको नागरिक समाजले जनाएको छ । माइतीघरमा जम्मा भएका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलगायत सर्वसाधारणहरूले सरकार पुनको मागका विषयमा गम्भीर बन्नुपर्ने औँल्याएका छन् । 
     
    महावीरलगायत नागरिक स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएपछि केही राजनीतिक दलका नेताहरू तातेका छन् । आविष्कार केन्द्रको विषयमा जानकार रहेका नेताहरूले हो मा हैँसे मिलाए पनि यसको कार्यान्वयन हुन्छ हुँदैन त्यो हेर्न बाँकी छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धर्नास्थलमा पुगेर आफ्ना २१ जना सांसद महावीर पुनको पक्षमा रहने उद्घोष गर्नुभएको थियो । यता, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि पुनको मागमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । 
     
    मुलुकलाई यतिबेला प्रविधि र विज्ञानको क्षेत्रमा बलियो बनाउँदै लैजाने समय हो । हाल देशमा कुनैपनि वस्तु उत्पादन नहुँदा दाँत कोट्याउने टुथपिक समेत किन्नुपर्ने अवस्था रहेको छ । देशमा केही गर्छु भनेर विदेशको सुख सयल त्यागेर आउने जो सुकै दक्ष व्यक्तिलाई विश्वास र भरोसा दिलाएर काममा लगाउनु आजको आवश्यकता हो । 
     


    आइतवार, बैशाख १७ २०८००७:५२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij