Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

’ए’ डिभिजन लिग : आज एपीएफ र खुमलटार भिड्दै

’ए’ डिभिजन लिग : आज एपीएफ र खुमलटार भिड्दै

  • सोमवार, बैशाख ११ २०८०

  • 461
    SHARES

  • ’ए’ डिभिजन लिग : आज एपीएफ र खुमलटार भिड्दै
    काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबारबाट १२ औं चरणका खेलहरू सुरु हुँदैछ । लिगको १२ औं चरण अन्तर्गत सोमबार एक खेल हुँदैछ ।
     
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्र खेलमा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
     
    विभागीय टोली एपीएफ क्लब आज पाँचौं जितको योजनामा हुनेछ । एपीएफ ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफले जारी लिगको ११ औं चरणसम्म ४ जित, २ बराबरी र ५ हार व्यहोरेको छ ।
     
    नवप्रवेशी खुमलटार पनि आज पाँचौं जितको योजनामा हुनेछ । खुमलटार ११ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ । खुमलटारले जारी लिगको ११ खेल सकिदा ४ जित, १ बराबरी र ६ हार व्यहोरेको छ । 
     


    सोमवार, बैशाख ११ २०८००६:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij