काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार(आज) तीन खेलहरू हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाइज ६ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एपीएफ पनि चौंथो जितको खोजीमा हुनेछ । एपीएफ १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै आजको दोस्रो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स आज दोस्रो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । पुलिस पहिलो जितको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।
लिग अन्तर्गतको आजको तेस्रो खेलमा दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
शीर्ष स्थानको मनाङ पाँचौं जितको योजनामा रहेको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार चौंथो जितको योजनामा छ । थ्री स्टार १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।