Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तनहुँ-१ र बारा-२ को उपनिर्वाचनका लागि २६ दल दर्ता

तनहुँ-१ र बारा-२ को उपनिर्वाचनका लागि २६ दल दर्ता

  • शुक्रवार, चैत्र १७ २०७९

  • 431
    SHARES

  • तनहुँ-१ र बारा-२ को उपनिर्वाचनका लागि २६ दल दर्ता
    काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तनहुँ-१ र बारा-२ मा  २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।
     
    यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ । चितवन-२ मा १८ दल भएका छन्।
     
    तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ। साथै उपनिर्वाचनका लागि तोकिए बमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
     
    तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा  र बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो ।
    Press Release 12-17-21680249274.jpg


    शुक्रवार, चैत्र १७ २०७९०२:२१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij