Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपाललाई प्रचण्डले यस्तो भनेपछि आकस्मिक बैठक डाकियो

माधव नेपाललाई प्रचण्डले यस्तो भनेपछि आकस्मिक बैठक डाकियो

  • बुधवार, चैत्र १५ २०७९

  • 942
    SHARES

  • माधव नेपाललाई प्रचण्डले यस्तो भनेपछि आकस्मिक बैठक डाकियो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम आजै दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाउनुभएको छ ।

    आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भएपनि नाम दिन आग्रह गर्नुभएको थियो ।

    प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताउनुभएको छ । आजै एकजना मन्त्रीको नाम दिन आग्रह गरेपछि नेकपा एसको सचिवालय बैठक बोलाइएको छ ।

    सचिवालयमा छलफल गरेर एकजनाको नाम आजै पठाइने नेकपा एसका एक नेताले बताएका छन् । नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

    नेकपा एसबाट तीन मन्त्रालय पाउँदा डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने हुनुभएको छ ।


    बुधवार, चैत्र १५ २०७९०२:१५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij