Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन

काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन

  • सोमवार, चैत्र १३ २०७९

  • 599
    SHARES

  • काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिएको छ।

    संविधान र कानुनविपरीत सुकुमबासीहरूलाई उठीवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

    आफूहरूलाई उठीवास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो।

    उहाँले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनीपुर्जा दिनुको साटो उठीवास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो।

    विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।


    सोमवार, चैत्र १३ २०७९०१:१६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij