Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘आतंककारी प्रचण्ड मुर्दावाद्’ भन्दै प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, तीन युवा पक्राउ

‘आतंककारी प्रचण्ड मुर्दावाद्’ भन्दै प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, तीन युवा पक्राउ

  • मंगलवार, चैत्र ७ २०७९

  • 769
    SHARES

  • ‘आतंककारी प्रचण्ड मुर्दावाद्’ भन्दै प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, तीन युवा पक्राउ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार (आज) प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

    कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद्’ भन्दै विरोध गरेका थिए।

    त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै ‘गरिब मारा प्रचण्ड मुर्दावाद्, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए।

    उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थलमा पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उहाँकै अगाडि एक युवाले बैंकको ‘मिटर ब्याज मिनाह गर’ भन्दै नारा लगाएका थिए। ती युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।


    मंगलवार, चैत्र ७ २०७९०३:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij