Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यसकारण मानेनन् डा. केसीले औषधि खान

यसकारण मानेनन् डा. केसीले औषधि खान

  • आइतवार, आश्विन ४ २०७७

  • 696
    SHARES

  • यसकारण मानेनन् डा. केसीले औषधि खान

    काठमाडौं । स्वास्थ्य स्थिति बिग्रिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएका डा. गोविन्द केसीले औषधि खान अस्वीकार गरेका छन् । ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा सत्याग्रह थाल्नुभएका उहाँलाई गएराति प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

    अस्पतालको आइसियुुमा रहनुभएका केसीले औषधि लिन नमानेको उहाँका सहयोगी महेन्द्र कार्कीले बताउनुभयो । केसीले पहिला आफ्नो माग सम्बोधन हुनुुपर्ने अनिमात्र औषधि लिने अडान लिइरहनुभएको छ । उहाँले अस्पतालमै सत्याग्रह जारी राख्नुभएको छ ।

    मेडिकल माफियाविरुद्ध पटक–पटक अनशन बस्दै आउनुभएका केसीले यसपटक देशका विभिन्न भागमा सरकारले स्वास्थ्यमा लगानी गर्नुपर्ने माग राख्नुभएको छ । कोरोना भाइरस महामारीकै बीच जुम्लामा जनताको उपचारका लागि पुग्नुभएका केसीले सदरमुकाम नजिकैको मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो ।

    डा. केसीले यसअघि अनशन अन्त्य गर्दा भएको सहमति कार्यान्वयनको माग पनि राख्नुभएको छ ।

     


    आइतवार, आश्विन ४ २०७७०१:२५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij