काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन खोजिएको बताउनुभएको छ ।
लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्न नपाइने भन्दै थापाले फरक मत राख्ने नागरिकमाथिको श्रृंखलाबद्ध आक्रमण आकस्मिक नभइ योजनाबद्ध रहेको टिप्पणी गर्नुभएको छ ।
इन्स्टाग्राममा नेता थापाले पछिल्ला केही घटनाहरू हेर्दा ड्युटीमा खटिएका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्रै हो भन्न नसकिने उल्लेख गर्नुभएको छ ।
नेता थापाले कुलमान घिसिङका समर्थककोे आन्दोलन र केही सञ्चारकर्मीमाथि प्रहरीले बल प्रयोग गरेकोप्रति यस्तो टिप्पणी गर्नुभएको हो । साथै, अनशनरत डा. गोविन्द केसीमाथि सरकारले देखाइरहेको व्यवहारप्रति पनि उहाँले आपत्ति जनाइरहनुभएको छ ।