Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध, के गर्न पाइँदैन ?

राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध, के गर्न पाइँदैन ?

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 560
    SHARES

  • राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध, के गर्न पाइँदैन ?
    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । फागुन २५ गते हुने निर्वाचनका लागि गए मध्यरातिदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 
     
    मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।
      
    आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।  
     
    निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न—गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ । 
     
    राष्ट्रपति निर्वाचनका लागि  संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३२ जना सदस्य र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता रहेका छन् ।
     
    राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसका पौडेललाई सत्तारुढ माओवादी केन्द्रसहितका दलहरूको साथ छ । 
     
     


    मंगलवार, फाल्गुण २३ २०७९०६:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij