Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता पक्षका आठ दलको बैठक बालुवाटारमा सुरू 

सत्ता पक्षका आठ दलको बैठक बालुवाटारमा सुरू 

  • आइतवार, फाल्गुण २१ २०७९

  • 609
    SHARES

  • सत्ता पक्षका आठ दलको बैठक बालुवाटारमा सुरू 
    काठमाडौं । सत्ता पक्षका आठ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
     
    प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ ।
     
    बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन थापा थापा, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री अब्दुल खान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी छन् ।
     
    एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् । हाल सो गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् । नेता रुकाअनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा नेताहरूसँग छलफल गरिरहनुभएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा लगाइएको आचारसंहिता निष्क्रिय हुने बित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।
     
    हाल एमाले, राप्रपा र रास्वपाले छोडेका १६ मन्त्रालयको बोझ प्रधानमन्त्री प्रचण्डमाथि छ भने सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन् ।


    आइतवार, फाल्गुण २१ २०७९०४:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij